ओलीको पक्षमा नेपालको बोली, भन्छन्ः ओली नेतृत्वको सरकार पाँच वर्ष चल्छ

काठमाडौं– तत्कालीन माओवादी केन्द्र र एमाले एकीकरणका वेला दुई पार्टीका अध्यक्षबीच भएको पाँचबुँदे सहमति बाहिरिएसँगै राजनीतिक वृत्तमा यसले निकै चर्चा पाएको छ । स्वयं सत्तारुढ दलका नेता दुइ कित्तामा देखिन थालेका छन् । 

सहमतिअनुसार पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर शुक्रबार प्रभावशाली नेता वामदेव गौतम बोले । त्यसको भालिपल्टै नेकपाका वरिष्ठ नेता माधव नेपालले भने ठीक उल्टो धारणा राखेका छन् । 

वरिष्ठ नेता नेपालले केपी ओलीकै नेतृत्वमा वर्तमान सरकार पाँच वर्ष टिक्ने बताएका छन् । देश समृद्धिको दिशातिर अघि बढिरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘यस्तो वेला सरकारलाई खल्बल्याउनु हुन्न, त्यसले विकासको गति अवरुद्ध हुन्छ ।’ 

शुक्रबार प्रा.डा. आरके शाहले लेखेको ‘पब्लिक इकोनोमिक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेपालले भने, ‘केपी ओली नेतृत्वको यो सरकार पाँच वर्ष नै चल्छ ।’ 

वरिष्ठ नेता नेपालले अहिलको अवस्थामा पार्टीमा फुट ल्याउने विषय कसैले पनि उठाउन नहुने बताए । 





  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार १५:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया