पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले यही महिना अमेरिकामा हुने क्लब विश्वकपमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले प्रतियोगिता खेल्न केही क्लबबाट प्रस्ताव आए पनि सबै अस्वीकार गरेका हुन् ।
साउदी अरेबियाको अल–नासरसँग ४० वर्षीय रोनाल्डोको सम्झौता जुनको अन्त्यमा सकिँदैछ । गत मेमा अल–नासर विश्वकपमा छनोट हुन असफल भएपछि रोनाल्डो अन्य क्लबमार्फत सहभागी हुन सक्ने चर्चा चलेको थियो । तर, उनले अब त्यो सम्भावनालाई नकारेका छन् ।
‘म क्लब विश्वकपमा हुने छैन । केही टिमहरूले मसँग सम्पर्क गरेका थिए । केही प्रस्तावहरू उपयुक्त लागे, केही लागेनन् । सबै अवसरहरूलाई अँगाल्न सकिँदैन,’ रोनाल्डोले भनेका छन् ।
अल–नासरले रोनाल्डोको सम्झौता नवीकरण गर्ने तयारी गरिरहेको छ । उनी सन् २०२३ मा यस क्बलमा जोडिएका थिए । रोनाल्डोले अल नासरका लागि १११ खेलमा ९९ गोल गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।