२३ फागुन, २०८२ शनिबार
March 7, 2026

अनेरास्ववियु चुनाव : सहमति विफल, निर्वाचन तालिका सार्वजनिक

नेकपा एमालेनिकट अनेरास्ववियुको २४औँ महाधिवेशन सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियातर्फ अघि बढाइएको छ ।

अध्यक्ष पदमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन पाएका सुजन कडरियाको नाम प्रस्ताव भएपछि सभाहलमै नाराबाजी भएको थियो ।



नाराबाजीले परिस्थिति तनावपूर्ण बनेपछि निर्वाचन समितिले तत्काल कार्यतालिका सार्वजनिक गरेको हो । ​पाँचजना दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले अध्यक्ष पदमा दाबी गरेका छन् ।  

निर्वाचन समितिका अनुसार आजै उम्मेदवारी फारम वितरण र दर्ता गरिनेछ । प्रारम्भिक नामावली राति ८ बजेभित्र प्रकाशन गरिनेछ भने मतदान भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । 



निर्वाचन तालिका :



  • प्रकाशित मिति : २७ जेठ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया