जबज नै पार्टीको मुख्य विचार : प्रधानमन्त्री ओली

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) नै पार्टीको मुख्य विचार भएको बताएका छन् । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान घोषणा कार्यक्रमलाई सम्बोधन ओलीले जबजको विकल्प नभएको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले नेकपाभित्रको वैचारिक बहसमाथि पनि कडा रुपमा प्रस्तुत भएका छन् । जनताको बहुदलीय जनवादलाई मुल सिद्धान्त मान्ने कि परिवर्तन गर्ने बहस चलिरहेका बेला ओलीले जबजको विकलप नरहेको बताए । 

उनले मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवादबाटै नेपाली कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुगेको बताए । 

उनले भने, ‘नेपालको कुनै आन्दोलन छ भने मदन भण्डारीका विचारले जन्मिएको जनताको बहुदलीय जनवादले नेतृत्व गरेको छ ओलीले थपे ‘आज हाम्रो पार्टी जुन सम्झौताको विन्दुमा पुगेको छ, त्यसका पछाडि विचारहीन ढंगले जसो गरे पनि चल्छ भन्ने होइन ।’

त्यस्तै प्रधानमन्त्री ओलीले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारी वाइडबडी प्रकरणमा निर्दोष रहेको बताएका छन् । छुद्र मानसिकता भएका मान्छेहरुले रवीन्द्रको नाम जोडेर बद्नाम गराउने काम गरेको उनले बताए ।

ओलीले भने, ‘वाइडबडी काण्डमा उहाँको नाम बद्नाम गर्ने काम भयो । मैले उहाँ त्यसमामिलामा निर्दोष हुनुहुन्छ भन्दा एकथरी अत्यन्त छुद्र मतिका मान्छेहरुलाई यो कुराले साह्रै पोलेछ । उहाँ वास्तवमै निर्दोष हुनुहुन्छ ।’



तत्कालीन पर्यटनमन्त्री अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । 


 



  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार १८:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया