Thu, 17 Oct, 2019


विश्वकप क्रिकेट: आज बंगलादेश र दक्षिण अफ्रिका भिड्दै
फरकधार / जेठ १९, २०७६

काठमाडौं– विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । 



दक्षिण अफ्रिका पहिलो खेलमा आयोजक राष्ट्र इंग्ल्यान्डसँग १०४ रनले पराजित भएको थियो तर बंगलादेशको भने यो पहिलो खेल हो ।

इंग्ल्यान्डमा हुने खेल आज दिउँसो नेपाली समय अनुसार तीन बजेर १५ मिनेटमा खेल सुरु हुने छ ।

यस्तै विश्वकप क्रिकेटअन्तर्गत नै शनिबार राति अष्ट्रेलिया र अफगानिस्तानबीच भएकाे खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ । 

 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्