१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

अहमदाबाद विमान दुर्घटना : ब्ल्याक बक्स भेटियो, मृतकको संख्या डिएनए परीक्षणपछि मात्र सार्वजनिक

भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ । 


अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।



विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए । 

‘सुरुमा मलाई पनि म मर्न लागेको जस्तो लागेको थियो, तर पछि मैले आँखा खोलेँ र थाहा पाएँ कि म अझै जीवित छु,’ बेलायती नागरिक विश्वासकुमार रमेशले अस्पतालको शैयाबाट राष्ट्रिय प्रसारक डीडी न्यूज भने । 



प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म २६५ जनाको शव गणना गरिएको र विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा २४ जना गैर यात्रीको मृत्यु भएको जानकारी दिए । 

मृतकहरूको औपचारिक सङ्ख्या मृत शरीरको डिएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ । 



  • प्रकाशित मिति : ३० जेठ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया