बलिउड– रिलायन्स इन्टरटेनमेन्टकाे इन्टरनल इन्क्वाएरी कमिटीले सेक्सुअल ह्यारेसमेन्टकाे आराेप लागेका फिल्म निर्देशक विकास बहललाई क्लिन चिट दिएकाे छ । क्लिन चिट पाएपछि विकास बहलले ऋतिक राेशन स्टारर सुपर ३० काे निर्देशन गर्नेछन् ।
अक्टुबर २०१८ मा उनकाे प्राेडक्शन कम्पनी फेन्टम फिल्म्सकी एक महिला कर्मचारीले विकासमाथि #MeToo अभियानकाे माध्यामबाट सेक्सुअल ह्यारेसमेन्टकाे आराेप लगाएकी थिइन् । याे आराेपपछि विकासलाई उक्त फिल्मबाट हटाइएकाे थियाे ।
फेन्टममा रिलायन्स इन्टरटेनमेन्टकाे ५० प्रतिशत हिस्सा छ ।
रिलायन्स इन्टरटेनमेन्टका सीइओ शिवाशिष सरकारले यसकाे पुष्टि गर्दै भनेका छन् – इन्टरनल इन्क्वाएरी कमिटीले क्लिन चिट दिएपछि विकास बहललाई पुन: चलचित्रका लागि लिइएकाे छ ।
एक न्यूज वेभसाइटका अनुसार पटकपटक खबर गर्दा पनि आराेप लगाउने महिला कर्मचारी इन्क्वाएरी कमिटीसमक्ष उपस्थित नभएपछि विकासलाई क्लिन चिट दिइएकाे हाे । अक्टुबर २०१८ मा फेन्टम फिल्म्सकी एक महिला कर्मचारीले फिल्म बम्बे वेलभेट (2015) काे प्रमोशनल टूरका क्रममा विकासले उनकाे याैन शाेषण गरेकाे आराेप लगाएकी थिइन् ।
विकासलाई आराेप लागेपछि उनका तीन सहयाेगी अनुराग कश्यप, मधु मन्तेना र विक्रमादित्यले कम्पनी विघटन गर्ने फैसला गरेका थिए । अनुराग कश्यपका अनुसार विकासले कम्पनीबाट पूर्ण रुपमा अलग भइसकेका थिए र ती महिलालाई माफीनामा पनि पठाएका थिए ।
ऋतिक राेशनले सेक्सुअल ह्यारेसमेन्ट जस्ता गम्भीर आराेप लागेका कुनै पनि मानिससँग काम नगर्ने भन्दै ट्विट गरेका थिए । ऋतिकले प्राेड्युसर्ससँग यस केसकाे जाँच गरेर फैसला गर्न निवेदन दिएका थिए । यसपछि तत्कालै बहलकाे नाम सुपर ३० बाट हटाइएकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।