ब्राजिल– ब्राजिल फुटबल स्टार स्ट्राइकर नेयमारमाथि बलात्कारकाे आराेप लागेकाे छ । उनलाई एक अज्ञात महिलाले आराेप लगाएकी हुन् ।
शनिबार ब्राजिलका स्थानीय मिडियामा प्रकाशित रिपाेर्टअनुसार नेयमारले आफूलाई पेरिस हाेटलमा रेप गरेकाे ती महिलाकाे आराेप छ । आफूले प्रतिकार गर्दा नेयमारले कुटपिटसमेत गरेकाे आराेप महिलाले लगाएकी छन् ।
आराेप लगाउने महिला पनि ब्राजिलकी हुन् । उनले भनेकी छन् – ’नेयमारसँग म इन्स्टाग्रामबाट साथी भएकाे थिएँ । हामी एक अर्कासँग कुरा गर्न थाल्याैं । एक दिन नेयमारले मलाई पेरिस जाने प्रस्ताव राखे मैले हुन्छ भनेँ । हाेटल पुग्दा नेयमार नशामा थिए । जब हामी कुराकानी गर्दै थियाैं नेयमारले गलत तरिकाले छुन थाले, मैले विराेध गर्दागर्दै मलाई कुटपिट गरेर मसँग जबरजस्ती शारिरीक सम्बन्ध राखे ।’
नेयमारका बुवाले ति महिलाले आफ्ना छाेरालाई ब्ल्याकमेल गरिरहेकाे बताएका छन् । उनी भन्छन् – ‘यसमा कुनै सत्यता छैन । मेराे छाेराले कुनै अपराध गरेकाे छैन । पैसाका लागि ती महिलाले मेराे छाेरालाई फसाएकी हुन् ।’
मिडिया रिपाेर्टका अनुसार याे घटना मे १५ देखि १७ काे बीचमा भएकाे हाे तर ती महिलाले ३१ मेमा एफआएआर दर्ता गरेकी हुन् ।
यतिबेला नेयमार काेपा अमेरिका कपकाे तयारीमा छन् । प्रतियाेगिता जुन १४ देखि जुलाई ७ काेसम्म ब्राजिलमा हुँदै छ । यसका लागि ब्राजिलकाे टिमकाे कप्तानबाट नेयमारलाई हटाएर डनी एल्भेसलाई राखिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।