स्थायी सेवामा कार्यरत शिक्षक/कर्मचारीलाई त्रिभुवन विश्वविद्यालयले दिने अध्ययन बिदाको दुरुपयोग भएको पाइएको छ । त्रिविमा कार्यरत शिक्षक/कर्मचारीले अवसरको रूपमा नभइ दुरुपयोग गरेपछि त्रिविले अर्बौँ रुपैयाँको नोक्सानी बेहोर्नुपरेको तथ्य बाहिरिएको हो ।
अध्ययन बिदामा बस्ने शिक्षक/कर्मचारीले अध्ययन बिदाको दुरुपयोग गरेको सूचना पाएपछि गत पुसमा त्रिभुवन विश्वविद्यालयले त्रिवि गणित केन्द्रीय विभागका सहप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा अध्ययन बिदा बसेर नफर्केका शिक्षक/कर्मचारीको खोजी गर्न समिति गठन गरेको थियो । उक्त समितिले करिब चार महिना लगाएर अध्ययन तथा खोजबिन गरेर गत शुक्रबार त्रिवि पदाधिकारीलाई प्रतिवेदन बुझाएको छ ।
उक्त प्रतिवेदन अनुसार त्रिविबाट अध्ययन बिदा लिएका ४ सय जनाले उक्त सुविधाको दुरुपयोग गरेको तथ्य फेला परेको छ भने उक्त कार्यबाट त्रिविलाई करिब डेढ अर्ब रूपैयाँ बराबरको नोक्सानीसमेत भएको पाइएको छ । अहिले खोजबिन समितिले अध्ययन बिदा दुरुपयोग गर्ने ४ सय जनाबाट नियम अनुसार रकम असुली गर्नुपर्ने सझावसहित प्रतिवेदन पेस गरेको हो ।
उक्त अध्ययन समितिले २०४७ सालदेखि अध्ययन बिदा लिएका शिक्षक/कर्मचारीको विवरण केलाएको समितिले हालसम्म अध्ययन बिदा लिएका सबै शिक्षक/कर्मचारीको विवरण अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो ।
त्रिविले एकजना शिक्षक वा कर्मचारीलाई पाँच वर्ष अध्ययन बिदा दिँदा ३० देखि ३५ लाख रूपैयाँ खर्च गर्ने गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम–२०५० को नियम ३० ले विश्वविद्यालयमा स्थायी सेवामा रहेका कुनै पनि शिक्षक वा कर्मचारीलाई अध्ययन बिदा दिने व्यवस्था गरेको छ तर उक्त सुविधाको सदुपयोग गर्ने भन्दा दुरुपयोग गर्ने काम भएपछि त्रिविलाई दोहोरो घाटा भएको पाइएको हो ।
अध्ययन बिदामा बसेका शिक्षक/कर्मचारीलाई तलबी बिदा दिनुपर्ने र उनीहरूको ठाउँमा अस्थायी सेवामा अन्य शिक्षक/कर्मचारी राख्नुपर्ने बाध्यताका कारण त्रिवि अध्ययन बिदा दिँदा दोहोरो घाटामा परेको हो ।
उक्त प्रतिवेदन पुनः भेरिफिकेसन गर्नुपर्ने भएकाले अध्ययन बिदाको दुरुपयोग गर्नेको संख्या अझै बढ्न सक्ने सम्भावना देखिएको छ । अध्ययन बिदा लिएर अमेरिका, अष्ट्रेलिया, जापान, चीनलगायत विकसित युरोपेली मुलुकमा गएका अधिकांश शिक्षक कर्मचारीले नफर्केको तथ्य खोजबिन समितिको प्रतिवेदनले देखाएको छ । यसरी विदेश गएर नफर्किनेको संख्या १८७ रहेको छ भने अध्ययन बिदा लिएर पनि उत्तीर्ण भएको प्रमाणपत्र नबुझाउने शिक्षक कर्मचारीको संख्या २१३ रहेको छ ।
अध्ययन बिदा लिने तर अध्ययनलाई प्राथमिकतामा नराखेर निजी शैक्षिक संस्थामा अध्यापन, गराउने, अन्य व्यवसायमा संलग्न हुनेलगायत विभिन्न कारण अध्ययन पूरा नगरेका कारण उनीहरूले उत्तीर्ण गरेको प्रमाणपत्र पेस गर्न नसकेको तथ्य समितिले फेला पारेको हो ।
अध्ययन बिदा लिएर त्रिविलाई नोक्सानी पुर्याउनुलाई मौजुदा कानुन बमोजिम कारबाही गरेर अध्ययन बिदाका क्रममा त्रिविले गरेको कुल लगानीमा १० प्रतिशत ब्याजसहितको रकम असुल गर्नुपर्ने सुझाव समितिले विश्वविद्यालयलाई दिएको छ ।
अध्ययन बिदा दुरुपयोग गर्ने शिक्षक/कर्मचारीको खोजी गर्न कति सहज भयो, अध्ययनका क्रममा के कस्ता तथ्य फेला परे, अध्ययन बिदालाई दुरुपयोग गर्नेमाथि कस्तो कारबाही हुन्छ ? त्रिविले अब अध्ययन बिदा के कस्ता विषयमा ध्यान पुर्याउनुपर्छ ? प्रस्तुत छ, यिनै प्रश्नमा केन्द्रित रहेर ‘अध्ययन बिदा बसेर नफर्केका शिक्षक/कर्मचारीको खोज समिति’ संयोजक डा. जीवन काफ्लेसँग फरकधारकर्मी मिलन दाहालले गरेको कुराकानी :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।