नेकपा प्रवेश गरेपछि पदम राईलाई विप्लवले गरे कारबाही

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य पदम राई आइतबार सत्तारुढ नेकपामा प्रवेश गरेपछि पार्टीले कारबाही गरेको छ।

आइतबार नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीविरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै नेता राईलाई कारबाही गरेको हो । 

प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘रुपान्तरण र उपचारको अथक प्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेका पदम राई झन् झन् पार्टीको विरुद्ध अन्तरध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले साधरण सदस्य समेत नरहने गरी निष्काशन गरिएको छ ।’

विज्ञप्तिमा क्रान्तिको प्रक्रियामा पलायन स्वभाविक भएको भन्दै कारबाहीमा परेर, पालयन भएर सरकारको मतियार बनेका तत्वको भ्रमममा नपर्न समेत आग्रह गरिएको छ। 





  • प्रकाशित मिति : जेठ १९, २०७६ आइतबार १२:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया