नन्दादेवी हिमाल आराेहणमा गएका ८ पर्वताराेही वेपत्ता

एजेन्सी– भारतकाे उत्तराखण्डकाे पिथाैरागढ जिल्लामा रहेकाे नन्दादेवी हिमाल आराेहणमा गएकाे एउटा टाेली वेपत्ता भएकाे छ । बीबीसीका अनुसार उक्त टाेलीमा बेलायत, अष्ट्रेलिया, अमेरिका ७ जना र भारतका एक पर्वताराेहण संस्थाका अधिकारी गरि आठ सदस्य पर्वताराेही थिए । 

नन्दादेवी भारतकाे दाेस्राे अग्लाे हिमाल हाे । 

उनीहरु १३ मेमा मुनस्यारीबाट आराेहणका लागि निस्किएका थिए । ७ हजार ४३४ मिटर अग्लाे हिमाल आराेहणपछि उनीहरु शुक्रबार राती बेस क्याम्प आइपुग्नुपर्ने थियाे । तर उनीहरु निर्धारित समयमा बेस क्याम्प नआएपछि त्यहाँका अधिकारीले पिथाैरागढ जिल्ला प्रशासनमा पर्वताराेही हराएकाे सूचना दिएकाे थियाे । 

आराेही दल हराएकाे सूचनापछि उनीहरुलाई खाेज्न एक टिम हिमालतर्फ पठाइए पनि अहिलेसम्म उनीहरुकाे अवस्थाबारे कुनै जानकारी पाइएकाे छैन् । 

 






  • प्रकाशित मिति : जेठ १९, २०७६ आइतबार १४:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया