२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

भिजिट भिसाबारे रास्वपाले भन्यो- १८ वर्षदेखिका १४ गृहमन्त्रीको छानबिन गरौँ
भिजिट भिसामा ठगिएका दुई हजार नेपाली सम्पर्कमा आएको दाबी

भिजिट भिसाको दुरुपयोगमार्फत भइरहेका मानव तस्करी प्रकरणविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको अभियानबाट दुई हजारभन्दा धेरै पीडित पार्टीको सम्पर्कमा आएको जनाएको छ । 


रास्वपाले भिजिट भिसा र मानव तस्करी जस्तो संगठित अपराधको निराकरणका लागि सदनमा आवाज उठाइरहेको छ भने विभिन्न माध्यममार्फत त्यसका विरुद्ध अभियान पनि चलाइरहेको हो ।



गत १४ जेठमा रास्वपाले सार्वजनिक रूपमा पीडितहरूसँग प्रमाणसहित सम्पर्कमा आउन अपिल गरेको थियो । उक्त अपिलपछि देश तथा विदेशबाट भर्चुअल र प्रत्यक्ष रूपमा करिब दुई हजारभन्दा धेरै पीडितहरू सम्पर्कमा आएको पार्टीले दाबी गरेको छ । 

यो प्रकरणमा विगत १८ वर्षदेखिकै गृहमन्त्रीको छानबिन गर्नुपर्ने बताएका छन् । भनेको छ, ‘यसमा विगत १८ वर्ष र १४ गृहमन्त्री सबैको छानबिन गरौँ भनेका छौं । हाम्रो मुद्दा कोही एक दल र नेताप्रति लक्षित छैन। कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि हैन ।’  





  • प्रकाशित मिति : ४ असार, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया