२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

सरकार ऋणमै निर्भर, २६ खर्ब नाघ्यो सार्वजनिक ऋण

नेपालको सार्वजनिक ऋण साढे २६ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ३१ जेठ २०८२ सम्म कुल ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।


वैशाखसम्म यो रकम २६ खर्ब २२ अर्ब ४० करोड थियो ।  चालू आवको ११ महिनामा सरकारले ४ खर्ब १४ अर्ब १९ करोड ऋण लिएको छ ।



विनिमय दरको उतारचढावले ऋणभारमा ७३ अर्ब रुपैयाँको थप भएको छ । सो अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड भुक्तानी गरिएको छ । त्यसअनुसार ११ महिनामा खुद ऋण वृद्धि २ खर्ब २० अर्ब ५८ करोड बराबर भएको छ ।

गत आवको अन्त्यमा ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो । ११ महिनामा आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब पुगेको छ, जुन कुल गार्हस्थ उत्पादन (जीडीपी) को २२.३१ प्रतिशत हो ।



बाह्य ऋण १३ खर्ब ८२ अर्ब रहेको छ, जुन जीडीपीको २४.२३ प्रतिशत हो । कुल सार्वजनिक ऋण जीडीपीको ४३.४७ प्रतिशत हाराहारी पुगेको छ ।



  • प्रकाशित मिति : ४ असार, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया