६१ किलो सुन तस्करी प्रकरणमा फरार अभियुक्त अमला रोका काठमाडौंबाट पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई पक्राउ गरेको हो ।
इन्टरपोल डिफ्युजन नोटिसमार्फत खोजी भइरहेकी रोका बेल्जियम नागरिक तथा मुख्य अभियुक्त दाबा छिरिङकी श्रीमती हुन् । उनी सञ्चालक रहेको ठमेलस्थित होटल भियना पनि अनुसन्धानको दायरामा छ ।
गत २ साउन २०८० मा त्रिभुवन विमानस्थलबाट भन्सार पास गरी बाहिरिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । अनुसन्धानको थप जिम्मा १९ दिनपछि सिआईबीलाई दिइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।