२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

अध्ययनले भन्यो- प्लास्टिकभन्दा सिसाका बोतलमा माइक्रोप्लास्टिक बढी

शिशाको बोतलमा बिक्री हुने पानी, सोडा, बियर र वाइनजस्ता पेय पदार्थमा प्लास्टिकको बोतलमा भन्दा माइक्रोप्लास्टिक बढी हुने फ्रान्सको खाद्य सुरक्षा निकायले शुक्रबार सार्वजनिक गरेको एक आश्चर्यजनक अध्ययनले देखाएको छ । 

अनुसन्धाताले संसारभरि प्लास्टिकका स–साना, प्रायः अदृश्य टुक्राहरू रहने गरेको र श्वासप्रश्वास, खाना र पानीको माध्यमबाट मानव शरीरमा व्यापकरूपमा भित्रिने गरेको बताएका छन् ।



प्लास्टिकको यो प्रचुरता मानव स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुराको कुनै प्रत्यक्ष प्रमाण छैन । तर, अनुसन्धानको बढ्दो क्षेत्रले यसको फैलावट मापन गर्ने लक्ष्य राखेको छ ।

फ्रान्सेली खाद्य सुरक्षा निकाय (एएनएसइएस) का अनुसन्धान निर्देशक गुइलाम डुफ्लोसले एएफपीसँग भने, ‘टोलीले फ्रान्समा बिक्री हुने विभिन्न प्रकारका पेय पदार्थमा माइक्रोप्लास्टिकको मात्राबारे अनुसन्धान गर्न र विभिन्न कन्टेनरले पार्न सक्ने प्रभावको परीक्षण गर्न खोजेको छ ।’



अनुसन्धानकर्ताहरूले नरम पेय पदार्थ, लेमोनेड, आइस्ड टी र बियरका ग्लासका बोतलमा प्रतिलिटर औसत १०० माइक्रोप्लास्टिक कण फेला पारेका थिए । यो प्लास्टिकका बोतल वा धातुका डिब्बामा फेला परेको दरभन्दा पाँचदेखि ५० गुणा बढी हो ।

‘हामीले प्राप्त गरेकोभन्दा ठीक उल्टो नतिजा आउने अपेक्षा गरेका थियौं,’ अनुसन्धान गर्ने पीएचडीकी छात्रा इसलिन चाइबले एएफपीसँग भने, ‘त्यसपछि हामीले थाहा पायौँ, शिशामा नमुनाहरूबाट निस्केका कणहरू एउटै आकार, रङ र बहुलक संरचना थिए ।’ 

‘सम्भवतः विर्कोको घर्षणका कारण बिर्कोको रङमा ‘नाङ्गो आँखाले नदेखिने स–साना दाग पनि थिए र ती बिर्कोले उसको सतहमा छोडेका कणहरू थिए,’ एएनएसइएसले एक विज्ञप्तिमा जनाएको छ ।  



  • प्रकाशित मिति : ६ असार, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया