Thu, 12 Dec, 2019


चीनकाे साइलेन्ट क्याफे: बाेल्न पाइँदैन, इशाराले खाना अर्डर गरिन्छ
फरकधार / जेठ २०, २०७६

चीन – विश्वकाे तेस्राे ठूलाे फुड चेन स्टारबक्सले चीनकाे ग्वांगझुमा साइलेन्ट क्याफेकाे सुरुवात गरेकाे छ । चीनमा यस्ताे क्याफे पहिलाे पटक सञ्चालनमा आएकाे हाे । यहाँ ३० जनामध्ये १४ कर्मचारी कान नसुन्ने छन् । 



सुन्न नसक्ने र बाेल्न नसक्ने मानिसकाे भाषा बुझ्न ग्राहकलाई सजिलाे हाेस भनेर यस्ताे नियम राखिएकाे कम्पनीले जनाएकाे छ । यस कम्पनीकाे चीनमा ३८०० स्टाेर्स छन् । 

साइलेन्ट क्याफेका इन्टेरियर विशेष रहेकाे छ । यहाँकाे ढाेकामा सांकेतिक भाषामा चिह्न र इन्डिकेटर बनाइएकाे छ । स्टाेरमा फुडकाे अर्डर गर्न पनि यसरी नै संकेतहरुकाे प्रयाेग गरिएकाे छ । 

क्याफेभित्र ग्राहकले आवाज निकाल्न पाउँदैनन र अर्डर पनि इशाराले नै गर्नुपर्छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्