प्रदेश ३ का मुख्य मन्त्री अस्पताल भर्ना

हेटौंडा– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल मुटुमा समस्या देखिएपछि आइतबार काठमाडाैं शहीद गंगालाल राष्ट्रिय हृदयराेग केन्द्रमा भर्ना भएका छन् । 

नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका पौडेल चिकित्सकको सल्लाहअनुसार भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालकाअनुसार चिकित्सकले आइतबार स्वास्थ्य परीक्षणपछि पौडेललाई १ हप्ता आराम गर्न  गर्न भनेका छन् ।

उनी उच्च रक्तचाप तथा मधुमेहबाट पनि पीडित छन् । उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो ।

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ ।





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार ११:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया