१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

बाढी नियन्त्रण गर्न खोला किनारमा डोजर, अवैध संरचना हटाउँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कालीमाटी प्रहरी बिट अगाडिको करखुसी खोला किनारमा बनेका अवैध संरचना हटाउने प्रक्रिया सुरु गरेको छ । 


आइतबार दिउँसो टोजरसहित पुगेको महानगरको टोली केही संरचना भत्काउन सुरु गरेको हो । वडा नम्बर १४ का वडा सदस्य अच्युत सापकोटाले डुबानबाट बच्नका लागि तयारीस्वरूप स्थानीयबासीको सहकार्यमा संरचना भत्काउन सुरु गरिएको जानकारी दिए । 



‘बर्षायाम सुरु भएकाले खोलामा बाढी आउने र डुबान हुने भएकाले स्थानीयबासीसँगैको सहकार्यमा तत्कालका लागि केही पुलहरू हटाउन सुरु गरेका हौं,’ उनले भने । 

दुई हप्ताअघि आएको पानीले समस्या आएका कारण स्थानीयसँगको सोधपुछ एवं सल्लाहअनुसार पुल हटाइएको उनले जानकारी दिए । ‘अहिले तत्काललाई चार/पाँचवटा पुल हटाउने तयारी छ । खोला गहिराउनेभन्दा पनि सफा गर्ने अभियान छ । वाल लगाएर सुरक्षाको विधि अपनाउने तयारीमा छौँ,’ सापकोटाले भने । 



स्थानीय  शिवकुमार थापाले पुल हटाउँदा डुबान केही हदसम्म कम हुन्छ भन्ने आशा गरेको बताए । पूर्णरूपले डुबान हुँदैन भन्ने स्थिति नरहे पनि प्रकृति विरुद्धमा जान नसकिने भएकाले संरचनाको व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए । 

‘करिब २५ बर्षदेखि यस क्षेत्र बस्दै आए पनि बर्सेनि डुबानको समस्या झेलिरहेका छौँ । निजी पुलका कारण स्थानीयबासी पीडित छन् । व्यक्तिगतरूपमा निर्माण भएका पुल यस वडामा दुईवटा छन्, १४ नम्बर वडामा करिब पाँचवटा होलान्,’ थापाले भने । 



  • प्रकाशित मिति : ८ असार, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया