सिंगापुर– फिलिपिन्सको सेबुबाट आइतबार १४४ यात्रु बाेकेर उडेकाे स्कुट वायुसेवाकाे विमानमा बम भएकाे हल्ला चलेपछि सिंगापुरकाे वायुसेनाका दुईवटा लडाकु जेटकाे सहयाेगमा सकुशल अवतरण गरिएकाे छ ।
अवतरणपछि विमानभित्र कुनै विस्फाेटक पदार्थ नभेटिएकाे र प्रहरीलाई दिएकाे सूचना गलत भएकाे अधिकारीहरुले पुष्टि गरेका छन् । विमानमा यात्रुबाहेक चालक दलका ६ सदस्य थिए ।
साेही विमानभित्र रहेका एक १३ वर्षीय किशाेरले बम भएकाे हल्ला चलाएकाे सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिले ती किशाेरसँग प्रहरीले साेधपुछ गरिरहेकाे बताएकाे छ ।
सिङ्गापुरको वायुसेवा स्कूटले दिएकाे जानकारी अनुसार सो विमानले स्थानीय समयानुसार दिउँसो ४:४९ बजे अवतरण गरिएकाे र सबै यात्रु सकुशल रहेका छन् ।सिङ्गापुरका रक्षामन्त्री अङ् एङ् हेनले सामाजिक सञ्जालमा अन्यथा प्रमाणित नभएसम्म यसलाई गम्भीरतापूर्वक लिइने उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।