२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानले एक युवकलाई दियो मृत्युदण्ड

इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको अभियोगमा एक इरानी नागरिकलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ ।

सरकारी विज्ञप्तिअनुसार मोहम्मद–अमिन महदावी शायेस्तेहलाई यहूदी राष्ट्र इजरायलको गुप्तचर संस्था मोसादसँग सहकार्य गरेको आरोपमा दोषी ठहर गर्दै फाँसी दिइएको हो । शायेस्तेहले लण्डनस्थित फारसी च्यानल ‘इरान इन्टरनेसनल’ सँग सहकार्य गरेको अभियोग पनि लागेको थियो । 



उक्त च्यानललाई तेहरानले इजरायली प्रभावमा रहेको भन्दै ‘आतङ्कवादी संगठन’ घोषणा गरिसकेको छ । सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्युपछि भड्किएको जनआन्दोलनमा यस च्यानलको भूमिका रहेको भन्दै इरानी अधिकारीहरूले कडा निगरानी राख्दै आएका छन् ।

न्यायपालिकाले आइतबार मोसादको एजेन्ट भएको आरोपमा अर्का एक व्यक्ति माजिद मोसायेबीलाई पनि मृत्युदण्ड दिने घोषणा गरेको थियो ।



न्यायपालिकाका प्रमुख घोलामहुसेन मोहसेनी एजेईले सुरक्षासम्बन्धी मुद्दाहरूमा कडा कारबाही हुने स्पष्ट संकेत दिएका छन् । एम्नेस्टी इन्टरनेसनललगायतका संस्थाहरूका अनुसार मृत्युदण्ड कार्यान्वयनको सन्दर्भमा इरान विश्वकै अग्रपङ्क्तिमा पर्छ । 



  • प्रकाशित मिति : ९ असार, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया