‘कापोसी सार्कोमा’ भाइरस एक प्रकारको सङ्क्रमण हो । जसको सङ्क्रमणले क्यान्सर जस्तो घातक रोगसम्म निम्त्याउन सक्छ ।
यसको सङ्क्रमणले विशेष गरी छाला, मुखको भित्री भाग, लसिका ग्रन्थीहरू र आन्तरिक अङ्गहरूमा असर पुर्याउँछ । यो रोग विशेष गरी शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरूमा यसको सङ्क्रमण देखिन्छ । कापोसी सार्कोमा दुर्लभ तर सङ्क्रमितलाई क्यान्सरको मुखसम्म पुर्याउन सक्ने रोगको रूपमा लिइन्छ । यसको सङ्क्रमण रगतका नलीहरू वा लिम्फ नलीहरूको भित्री भित्ताबाट सुरु हुन्छ ।
कापोसी सार्कोमाको सङ्क्रमण भएको खण्डमा शरीरका विभिन्न मागमा नीलो, रातो वा बैजनी रंगको दाग वा गाठाहरू देखापर्छन् । जुन प्रायः छालामा देखिन्छ, तर मुखभित्र, नाक, गिजा, लिभर, फोक्सो वा पाचन प्रणालीजस्ता शरीरका आन्तरिक अङ्गहरूमा पनि फैलिन सक्छ ।
यो सङ्क्रमण ह्युमन हार्पिभाइरस एचएचभी नामक भाइरसका कारण हुन्छ । तर सबै एचएचभी भाइरस सङ्क्रमित सबै मानिसहरूमा यो सङ्क्रमण नदेखिन पनि सक्छ । कापोसी सार्कोमा सङ्क्रमण तब देखिन्छ जब प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।
विशेष गरी एचआइभी एड्स सङ्क्रमित, अंग प्रत्यारोपण गरेका व्यक्ति र इम्युनो औषधि सेवन गरिरहेका व्यक्ति तथा वृद्ध वृद्धा जसको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर छ उनीहरूमा कापोसी सार्कोमाको सङ्क्रमण हुने जोखिम उच्च हुने गरेको छ ।
यो सङ्क्रमणले फोक्सो वा आन्द्रामा असर गरेमा सास फेर्न गाह्रो हुने, रगत बान्ता हुने वा दिसामा रगत देखापर्ने जस्ता लक्षणहरू देखा पर्न सक्छन् ।
कापोसी सार्कोमा आफैँमा रोग नभए पनि यसको सङ्क्रमणका कारण विभिन्न रोगहरू निम्तिन सक्छन् । जसले मानिसलाई मृत्युको मुखसम्म पुर्याउन सक्छ । समयमै कापोसी सार्कोमा सङ्क्रमणको उपचार हुन नसके शरीरमा थप जटिलता सिर्जना हुन सक्छ ।
कापोसी सार्कोमाको सङ्क्रमण, लक्षण, उपचार विधि र नेपालमा कापोसी सार्कोमा सङ्क्रमणको पछिल्लो अवस्थालगायत विषयमा क्यान्सर रोग विशेषज्ञ डा. समिम अख्तरसँग गरिएको कुराकानी ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।