विष्णु पौडेलले गरे बजेटको प्रशंसा

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले बजेट ठिक दिशामा, ठिक गन्तव्यमा अगाडि बढेको बताएका छन् । सोमबार संघीय संसद्मा राजश्व र व्ययको वार्षिक अनुमानमाथि बोल्दै उक्त कुरा बताएका हुन् । 

बजेटले उत्पादक शक्तिको विकास र उत्पादन सम्बन्धमा अग्रगामी रूपान्तरण हुने गरी प्रस्तुत भएको बताउँदै उत्पादन शक्तिको विकास नगरी आर्थिक सामाजिक रूपान्तरणको चर्चा सम्भव नभएको बताए । 

उनले भने, बजेटले उत्पादक शक्तिको विकास र उत्पादन सम्बन्धमा अग्रगामी रूपान्तरण हुने गरी प्रस्तुत भएको छ । उत्पादन शक्तिको विकास नगरी आर्थिक सामाजिक रूपान्तरणको हामीले गर्ने चर्चा सम्भव छैन । बजेटले यही दिशा आत्मसाथ गरेको म पाउँछु ।’ 

उच्चतम् प्रतिफल प्राप्त हुने र राष्ट्रिय पूँजीको निर्माण हुने कुरामा बजेट केन्द्रीत हुन चाहेको बताउँदै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले सिंचाई, जलविद्युत्, राजमार्ग, रेलमार्ग, विमानस्थलजस्ता प्राथमिकता जस्ता क्षेत्रमा र ल्याण्डमार्क आयोजनाका क्षेत्रहरूमा पर्याप्त र अन्य आयोजनाहरूमा पनि सन्तुलित ढंगले स्रोत विनियोजित गरेको धारणा राखे । 

बजेटले, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइजस्ता सामाजिक पूर्वाधारका क्षेत्रमा आम नेपालीको पहुँच र गुणस्तर सुनिश्चित गर्न चाहेको बताउँदै पौडेलले शिक्षाको क्षेत्रमा गुणात्मक फड्को मार्न चाहिरहेको बताए । उक्त भाव बजेटले बोकेको पौडेलको भनाई छ । 

पछाडि परेको वर्ग, समुदाय र क्षेत्रको पक्षमा बजेट दृढतापूर्वक उभिएको बताए । बजेट सामाजिक न्याय सहितको द्रुत आर्थिक विकासको पक्षपोषण गरेको पनि बताए । 



बजेटको प्रशंसामै धेरै समय खर्चिएका पौडेलले गरिबीको अन्त्य र कल्याणकारी राजनीतिको पक्षमा बजेट रहेको बताए ।  संविधानले निर्देश, पार्टीको चुनावी घोषणापत्र, नीति तथा कार्यक्रम अनुसार बजेट आएको भन्दै पौडेलले अर्थमन्त्री युवराज खतिवडालाई धन्यवाद दिए । 



  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १२:२०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया