२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

प्रचण्ड भन्छन्- रास्वपा र रविलाई अन्याय नहोस् भनेर प्रयास गर्दैछु
फाइल तस्बिर

भिजिट भिसा प्रकरणको छानबिन समितिमा असहमति जनाउँदै संसदमा विरोध गरिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू अन्तिम समयसम्म प्रयासरत रहेको बताएका छन् ।


मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘रास्वपालाई अहिले धेरै भन्ने पक्षमा छैन । तर, म रवि र रास्वपाका साथीहरूलाई अन्याय नहोस् भन्नेमा अहिलेसम्म पनि लागिरहेको छु । एकदिन उनीहरूले त्यो बुझ्नेछन् ।’



उनको भनाइ सोमबार गृहमन्त्री रमेश लेखकसम्बन्धी भिजिट भिसा प्रकरण छानबिन गर्न गठित समितिप्रति रास्वपाले असहमति जनाएको पृष्ठभूमिमा आएको हो । 

उक्त समिति नेपाली कांग्रेस, एमाले र माओवादीको सहमतिमा पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गठन गरिएको हो । तर, रास्वपा र राप्रपाले संसदमै उक्त समिति अस्वीकार गर्दै गृहमन्त्रीको बचाउ गर्न समिति बनाइएको आरोप लगाएका छन् ।



यस्तै, मंगलबार सिंहदरबारमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको भेटमा पनि भिजिट भिसा प्रकरणबारे छलफल भएको थियो । भेटमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, माधवकुमार नेपाल, राजेन्द्र पाण्डे र घनश्याम भुसाल सहभागी थिए ।  



  • प्रकाशित मिति : १० असार, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया