२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

प्रतिनिधिसभाबाट १९ खर्ब ६४ अर्बको बजेट पारित, रास्वपा र राप्रपा अनुपस्थित

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार बसेको बैठकले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट बहुमतले पारित गरेको हो ।


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा विनियोजन विधेयक, २०८२ पेश गर्दै पारित गरियोस् भनी प्रस्ताव राखेका थिए, जुन बहुमतले स्वीकृत भएको हो । तर, बजेट पारित गर्ने महत्वपूर्ण प्रक्रियामा संसदका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनुपस्थित रहे ।



यी दुवै दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग गर्दै मंगलबारको बैठक बहिष्कार गरेका हुन् ।

१४ जेठदेखि निरन्तर नाराबाजी र अवरोध गर्दै आएका रास्वपा र राप्रपाले सरकारको जवाफ र प्रतिवद्धतालाई पर्याप्त नठानी बैठक बहिष्कारको रणनीति लिएका छन् ।





  • प्रकाशित मिति : १० असार, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया