काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संविधानको मर्म र भावनाविपरीत बजेट ल्याएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा राजस्व र व्ययको आर्थिक अनुमानमाथिको छलफलमा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले सरकारले लक्ष्यअनुसारको आर्थिक वृद्धि गर्न नसक्ने बताए ।
उनले भने, ‘अर्थतन्त्रका मुख्य आधारहरु कमजोर हुँदै गइरहेका बेला कसरी आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न सकिन्छ ?’
व्यापार घाटा भयावह बन्दै गएको, राजस्व संकलनको काम उत्साहजनक नभएको अवस्थामा आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशत पु¥याउने बजेटको लक्ष्य हासिल हुन नसक्ने उनले बताए ।
नेता कार्कीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले भयावह अवस्थामा रहेको व्यापार घाटालाई कम गर्ने कुनै दृष्टिकोण र कार्यक्रम ल्याउन नसकेको बताए ।
उनले १० महिनायताको सरकारी तथ्यांकले ११ खर्बभन्दा बढी व्यापार घाटा देखाएको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्दै लैजाने बाटो सरकारले प्रस्तुत गरेको बजेटमा नदेखिएको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।