बजेट अनुसूची २ मा त्रुटि : मिनेन्द्र रिजाल

काठमाडौँ– नेपाली कांग्रेसका सांसद तथा छायाँ अर्थमन्त्री डा.मिनेन्द्र रिजालले बजेट पुस्तिकाको अनुसूची २ मा त्रुटि भएको भन्दै अर्थमन्त्री युवराज खतिवडाको ध्यानाकर्षण गराएका छन्।
 
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद रिजालले बजेट व्यक्तव्यको बुँदा नम्बर २ सय ९५ मा कर प्राणालीमा संरचनात्मक परिर्वतन गरी भन्ने विषयअन्तर्गतका ख, घ र ङ मा उल्लेख भएका विषयसँग जोडिएको अनुसूची २ मा राजस्व संकलन जोडिनुपर्नेमा घटाउने काम भएको भन्दै त्रुटि सच्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

रिजालले भने, ‘कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ५५ अर्ब ५९ करोड रुपैया थप आउँछ भनी लेखिएको छ । वर्तमान स्रोतमा यो परिवर्तनबाट जोडिनुपर्ने हो ।  वर्तमान स्रोतबाट ११ खर्ब ६७ अर्ब जम्मा हुन्छ भन्नुहुन्छ । यसरी जोड्ने हो भने त्योभन्दा अगाडिको कोलममा जोड्ने सट्टा घटाएर २०७६/०७७ को लक्ष्यमा ११ खर्ब १२ अर्ब राखिएको छ । नयाँ  संरचना परिवर्तनबाट कर थपिने हो कि घट्ने हो ? नयाँ परिवर्तनबाट थपिने हो भने जोडिनुपथ्र्यो। कर परिर्वतन र प्रशासनिक सुधार वर्तमान स्रोतमा यो परिर्वतनबाट जोडिनुपर्ने हो ।’ 





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १३:४५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया