न्युयाेर्क – सामाजिक सञ्जाल फेसबुकमा नग्न तस्बिर राख्नपाउनु पर्ने भन्दै एक समुहले फेसबुककाे मुख्यालय अगाडि प्रदर्शन गरेकाे छ । करिब १ सय जना मानिस आइतबार बिहान फेसबुककाे प्रधान कार्यालयअगाडि गएर नग्न प्रदर्शन गरेकाे अमेरिकी सञ्चारमाध्याम सिएनएनले जनाएकाे छ ।
प्रदर्शनकारीले सडकमा नग्न भएर आफ्ना निप्पल देखाएको समाचारमा जनाइएको छ।
सेन्सरसिपविरुद्ध राष्ट्रिय गठबन्धनले फेसबुकले नग्न तथा अश्लिल किसिमका सामाग्रीमाथि निगरानी तथा सेन्सर गर्न लागेकाे भन्दै विरोधको आयोजना गरेको थियो।
अमेरिकी महिला अधिकारकर्मीले सामाजिक सञ्जालमा आफ्ना अङ्गहरूमाथि सेन्सर लगाउने काम न्यायोचित नभएको बताएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।