माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड नआएका (नन-ग्रेड) विद्यार्थीले आगामी २९ साउनदेखि मौका परीक्षा दिन पाउने भएका छन् ।
शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १० को एसईई नतिजा सार्वजनिक गर्दै नन-ग्रेड विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन हुने जानकारी दिएको हो ।
बोर्डद्वारा सार्वजनिक नतिजाअनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका छन् । बाँकी विद्यार्थीका लागि मौका परीक्षा दोस्रो अवसरको रूपमा उपलब्ध हुने बोर्डले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।