२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी विद्यालय सञ्चालन र प्रारम्भिक बाल विकास (इसिडी)सम्बन्धी व्यवस्था पारित भएका छन् ।


समितिको आज बसेको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।



छलफलका क्रममा निजी विद्यालय सञ्चालन र व्यवस्थापनका सम्बन्धमा यसलाई लोककल्याणकारी, सेवामूलक, गैरनाफामूलक बनाएर लैजानेगरी समितिबाट विद्यालय शिक्षा विधेयक सर्वसम्मतले पारित भएको हो ।

त्यसैगरी सामुदायिक र निजी विद्यालयमा प्रारम्भिक बाल विकास (इसिडी) मा दुई वर्षको अवधि रहने विषय पनि टुङ्गो लागेको छ । समितिले यी दुवै विद्यालयमा समान अवधि राख्ने सहमति गरेको हो । समितिले पूर्वप्राथमिक शिक्षालाई दुई वर्षभन्दा बढी अवधि नहुने गरी सञ्चालन गर्न नपाउने प्रावधान सर्वसम्मतले पारित गरेको हो ।



समितिका सभापति अम्मरबहादुर थापाले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावमा बाल सहजकर्ताका रूपमा नियुक्ति हुन कम्तीमा १२ कक्षा पढेको हुनुपर्ने, सेवा प्रवेश गर्दा तालिम लिनुपर्ने व्यवस्था राखिएको छ ।

इसिडी बाल शिक्षक वा सहजकर्ता भन्ने र उहाँहरूको वृत्तिविकासका विषयमा भने समितिले सहमति जुटाउन सकेको छैन । 



  • प्रकाशित मिति : १३ असार, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया