२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

प्रधानमन्त्री ओलीको दाबी : एसइईको नतिजा सुधारमा सरकारको प्रयास सफल भयो
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई दिएका छन् ।


शुक्रबार सार्वजनिक भएको परीक्षाफलमा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकोमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गरेका हुन् ।



सन्देशमार्फत् प्रधानमन्त्री ओलीले पछिल्लो वर्षको तुलनामा यस वर्षको नतिजा उल्लेखनीयरूपमा सुधार भएको जनाउँदै त्यसको श्रेय सरकारको प्रयासलाई दिएका छन् ।

‘यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ । गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनतले काम लागेको छ ।’



सरकारले शिक्षाको गुणस्तर वृद्धिका लागि लिएको रणनीति र पहलका कारण नतिजा सुधार भएको उनले दाबी गरेका छन् ।

यसअघि पनि प्रधानमन्त्री ओलीले विभिन्न अवसरमा शिक्षा क्षेत्रमा सुधारका लागि गरिएको सरकारी कामको बचाउ गर्दै आएका थिए । 



  • प्रकाशित मिति : १३ असार, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया