टिकटक 'सेलेब्रिटी' अमिता गुरुङ सन्ताेष लामाकाे म्युजिक भिडियाेमा

काठमाडौं– गायक सन्तोष लामाले नयाँ गीत ‘मंसिर’ जेठमै रिलिज हुने भएको छ । लामाले जनाएअनुसार गीत शुक्रबार रिलिज हुँदैछ । नेपाली तारा सिजन २ का विजेता सन्तोष लामाको यो गीतको म्युजिक भिडियोमा सामाजिक सन्जाल टिकटकमा ‘हिट’ अमिता गुरुङ शाहले पनि अभिनय गरेकी छिन् । गुरुङको यो पहिलो म्युजिक भिडियो हो । 

पछिल्लो समय म्युजिक भिडियोमा टिकटकका ‘सेलेब्रिटी’हरुले अभिनय गर्ने क्रम बढ्दो छ । ‘अभिनय निकै राम्रो लागेकाले हामीले अमिताजीलाई यो भिडियोमा ल्याएका हौँ,’ सन्तोषले भने, ‘पहिले यस्तो कुनै योजना बनेको थिएन, म उनलाई टिकटकमा चाहिँ हेर्थेँ । संयोग भनौँ, उनले पनि म्युजिक भिडियो खेल्ने सहमति जनाइन् ।’

सन्तोषको यो गीत एकतारेले लेखेका हुन् । यसमा सुशान्त गौतमले संगीत गरेका हुन् । यसको म्युजिक भिडियो स्वयं सन्तोष लामाले नै निर्देशन गरेका हुन् । 





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १५:२८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया