‘विप्लवहरुले प्रचण्डलाई मारेर कस्तो खालको राज्यसत्ता ल्याउन खोजेको हो ?

गुल्मी– नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहको बलि नचढाउन सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस गुल्मीको राष्ट्रिय जागरण अभियानअन्तर्गत तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

नेता शर्माले विप्लव नेतृत्वको नेकपालाई पनि मारकाटको विद्रोह छाडेर शान्तिपूर्ण मूलधारको राजनीतिमा आउन सुझाब दिएका छन् । विप्लवहरुले प्रचण्डलाई मार्ने लिस्टमा राखेको सुनिएको बताउँदै उनले शान्ति प्रक्रियामा प्रचण्डलाई पनि बाँच्ने अधिकार भएको बताए । 

हिजो प्रचण्डले बुलेटबाट शक्ति आउँछ भने पनि अहिले ब्यालेटबाट शक्ति आउँछ भन्ने पक्षमा रहेको उल्लेख गर्दै उनले विप्लव समूहलाई प्रश्न गरे, आखिर विप्लवहरुले प्रचण्डलाई मारेर कस्तो खालको राज्यसत्ता ल्याउन खोजेको हो ?’ 

सत्तारुढ र विप्लव एउटै कम्युनिस्ट भएको बताउँदै शर्माले सरकारलाई भने, यसरी जात, थर, गोत्र सबै एउटै भएका विप्लवहरुलाई बलि चढाउने र रगतको खोला बगाउने काम नगर्नुहोस् ।’





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १६:५६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया