१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

नारायणगढ-बुटवल सडक : तेस्रो म्याद पनि सकिँदै, भौतिक प्रगति ६९ प्रतिशत मात्र

नारायणगढ–बुटवल सडक निर्माण योजनाको तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशतमात्र पुगेको छ । 


नारायणगढ–बुटवल सडक विस्तारको काम २४ माघ २०७५ मा सम्झौता भएर २२ साउन २०७९ मा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि ८ साउन २०८१ सम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो ।  



यस अवधिमा समेत काम सम्पन्न नभएपछि गत साउनमा ८ साउन २०८२ सम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । यस अवधिको अन्त्यमा आइपुग्दा ६९ प्रतिशतमात्र काम सकिएको हो । अहिले आएर चौथो पटक म्याद थपको प्रक्रिया अघि बढाइएको छ । 

नारायणगढ–बुटवल सडकको कूल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।  निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले ५७६ दिन थप म्याद थपका लागि माग गरेको छ ।  



नारायगण–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने खण्डमा । पानी पर्ने बित्तिकै दाउन्ने खण्डमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । 

सडक निर्माण समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै रहेको छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदासमेत बाटो चिप्लो भएर घन्टौं जाममा पर्नुपर्ने बाध्यता रहेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा यो योजनाको लागत १६ अर्ब ९९ करोड ५३ लाख रुपैयाँ रहेको छ ।  



  • प्रकाशित मिति : १८ असार, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया