१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

थाइ राजनीतिमा सिनावात्रा परिवारको साइनो

राजनीतिक विरासतको सिङ्गो भार बोकेर अगाडि बढेकी पेटोङटार्न सिनावात्रा जब ३७ वर्षको उमेरमा थाइल्याण्डको प्रधानमन्त्री बनिन्, त्यो क्षण केवल उमेरको कीर्तिमान थिएन । सिनावात्रा परिवारको पुनरागमनको संकेत पनि थियो । तर, उनको सत्ता यात्रा जति चम्किलो देखिएको थियो, त्योभन्दा पनि छिटो अँध्यारोमा विलीन भएको छ । एक वर्ष नपुग्दै उनी प्रधानमन्त्री पदबाट निलम्बनमा परेकी छन् ।


कूटनीतिको क्षेत्रमा चीनसँग राम्रो सम्बन्ध बनाउन सफल भएकी पेटोङटार्न कम्बोडिया र थाइल्याण्डबीचको सीमा विवाद सुल्झाउन भन्दै गरेको फोनवार्ता विवादित भएपछि निलम्बन परेकी हुन् । सीमा विवादबारे पूर्वकम्बोडियाली नेता हुन सेनलाई ‘काका’ सम्बोधन गरेको, फोन वार्ताका क्रममा थाई सेना कमान्डरलाई आफ्नो प्रतिद्वन्द्वीको संज्ञा दिएकोले उनलाई निलम्बन गरिएको संवैधानिक अदालतले जनाएको छ । सिनावात्रालाई आफ्नोतर्फबाट प्रतिवाद गर्न १५ दिनको समय तोकिएको छ ।   



उनले संवैधानिक अदालतको फैसला पर्खिरहेकी छन् । संयोग नै होला– बुबा तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा  बैंककको एक फौजदारी अदालतमा उपस्थित गराएकै दिन छोरी पेटोङटार्न संवैधानिक अदालतले निलम्बनमा परेकी हुन् । पिता थाकसिनले ९ वर्षअघि दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्तामा राजतन्त्रको अपमान गरेको आरोपमा राजद्रोहको मुद्दा खेपिरहेका छन् । 



अब सिनावात्राको पारिवारिक पृष्ठभूमिबारे चर्चा गरौँ । उनकी काकी यिंगलुक सिनावात्रा थाइल्याण्डको पहिलो महिला प्रधानमन्त्री थिइन् । सिनावात्राका बुबा थाक्सिन सिनावात्रा देशकै सबैभन्दा प्रभावशाली तर विवादास्पद नेता मानिन्छन् । सिनावात्राको निलम्बनसँगै सिनावात्रा वंशको राजनीतिक भविष्य फेरि अनिश्चितताको संघारमा पुगेको छ । उनको परिवारले दुई दशकदेखि थाइल्याण्डको राजनीतिमा प्रभुत्व जमाउँदै आइरहेको छ । तर, यो अवधिमा आफ्नो कार्यकाल पूरा गर्नुअघि नै सत्ता गुमाउनेमा सिनावात्रा परिवारकी तेस्रो सदस्य बन्ने देखिएको छ । उनका बुबा थाक्सिन र काकी यिंगलकसहित तीन प्रधानमन्त्रीले संवैधानिक अदालतको फैसलाका कारण पद छोड्नु परेको थियो ।  

सन् १९८६ मा जन्मेकी पेटोङटार्नले प्रारम्भिक शिक्षा  सेन्ट जोसेफ कन्भेट हुँदै थाइल्याण्डको चोलाङक्रोन विश्व विद्यालयबाट राजनीतिशास्त्र, सामाजिक तथा मानवशास्त्रमा स्नातक तहको अध्ययनपछि सिनावात्राले बेलायतस्थित सेर्यै विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय होटल व्यवस्थापनमा एमएस्सी गरिन् । सिनावात्राले बेलायतबाट फर्किएलगत्तै आफ्ना पिता र साझेदारबाट सञ्चालित स्याट्लाइट तथा उच्चप्रविधिका सामग्री उत्पादन गर्ने थाइकम फाउण्डेसनको निर्देशकको जिम्मेवारी सम्हालेकी थिएन । 

त्यसो त, राजनीतिमा परिवारका सदस्यले भन्दा ठूलो छलाङ मार्ने अवसर उनलाई प्राप्त भयो । सन्  २०२२ फ्यू थाइ पार्टी प्रमुखमा निर्वाचित भइन् । पार्टी प्रमुख बनेपछिको पहिलो सम्बोधनमा सिनावात्राले तानाशाही र भ्रष्ट कर्मचारीतन्त्रको शासन व्यवस्था अन्त्य गर्ने वाचा गरेकी थिइन् ।  

उनले एक अन्तर्वार्तामा आफू समाजवादी सोचको उदार पुँजीवादी भएको बताउँदै भनेकी थिइन्, ‘पहिलो प्राथमिकतामा रोजीरोटीका आर्थिक सुधारलाई सँगसँगै लैजाने छौँ । न्यूनतम् पारिश्रमिक १० हजार थाइ मुद्रा भाट डिजिटल वालेट माध्यमबाट जम्मा गर्ने बताइन् । अहिले त्यो कार्यान्वयनमा छ ।’     



सिनावात्राले एक अन्तर्वार्तामा आफू समाजवादी सोचको उदार पुँजीवादी भएको बताउँदै भनेकी थिइन्, ‘पहिलो प्राथमिकतामा रोजीरोटीका आर्थिक सुधारलाई सँगसँगै लैजाने छौँ ।’ 

उनले न्यूनतम् पारिश्रमिक १० हजार थाइ मुद्रा भाट डिजिटल वालेट माध्यमबाट जम्मा गर्ने बताइन् । अहिले त्यो कार्यान्वयनमा छ । थाइल्याण्डमा हुनेको गाँजा खेतीलाई औषधिको रूपमा प्रयोग ल्याउने,  लागुऔषधको कारोबार रोक्न कडा कदम चाल्ने र पर्यटनको हबलाई सुव्यवस्थित गर्ने नीति उनले अगाडि सारेकी थिइन् ।

सिनावात्राको निलम्बनले थाइल्याण्डको राजनीतिक प्रणालीमा वंशवादी नेतृत्वको दीर्घकालीन प्रभाव, संवैधानिक अदालतको सक्रिय भूमिका र सैन्य तथा शाही शक्तिसँगको सन्तुलनका गहिरो प्रश्न उठाएको छ । अब उनको राजनीतिक भविष्य, खासगरी सिनावात्रा परिवारको भाग्य, अदालतको फैसलामा निर्भर रहनेछ । यस घटनाले थाइ राजनीतिमा शक्तिशाली परिवारको उतारचढाव मात्र नभइ लोकतान्त्रिक अभ्यास र संस्थागत सन्तुलनको वर्तमान अवस्थालाई पनि उजागर गरेको छ ।  

  • प्रकाशित मिति : १९ असार, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया