अर्थ समितिका सभापति सन्तोष चालिसेले विदेशमा नेपालका बैंकहरुको शाखा खोल्नुपर्ने बताएका छन् । बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले ठुलो जनसङ्ख्या बाहिर जाँदा बाहिर पनि नेपाली बैंकका शाखा खोल्नुपर्ने बताएका हुन् ।
उनले बैंकको व्यवस्थापन लगानीकर्ताले नभई विज्ञले चलाउनुपर्ने बताए ।
बैठकमा सांसद विनोद चौधरीले बैंकका व्यवस्थापक, बोर्डहरू राम्रो काम गरे लगानीकर्ता उत्साही हुने र बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारको नीतिकै कारण अर्थतन्त्र सङ्कटमा पुगेको बताए । उनले कमजोरीलाई सुधार गर्दै समस्या समाधान गर्नुपर्ने बताए ।
बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।