माेबाइल चार्जर किन्दै हुनुहुन्छ ?

अहिले हाम्रो हातमा कुनै न कुनै कम्पनीको स्मार्टफोन पक्कै छ । स्मार्टफोन अहिले हाम्रो अत्यावश्यक जस्तो भइसकेको छ । कुनैपनि बेला छुटाउन नचाहाने स्मार्टफोनको चार्जरमा वा चार्जिङ केबलमा समस्या भएको पनि बारम्बार सुन्नमा आउँछ । चार्जर केबल बिग्रिनुका धेरै कारण छन् ।

युएसबी केबल काटियो भने, तानियो भनेपनि यसभित्रको तार चुँडिन सक्छ, जसले गर्दा चार्जर काम नलाग्ने बन्छ । जब चार्जर बिग्रिन्छ हामी बजारबाट सजिलै चार्जर लिएर आउँछौं । तर, मोबाइल किन्दा जस्तो राम्रो चार्जर पछि किनेको चार्जर हुँदैन भन्ने गुनासो पनि सुनिन्छ । यसको कारण भनेको बजारमा पाईने चार्जरले राम्रोसँग काम नगर्नु नै हो ।

बजारमा पाईने केबल डाटा ट्रान्सफर र चार्जरमा त्यो क्षमता हँुदैन जुन कम्पनीको चार्जरमा हुन्छ । केबललाई कम्पनीको एडप्टरसँग प्रयोग गर्दापनि त्यसले राम्रो काम गर्दैन । कम्पनीको जस्तै चार्जर बजारमा भेटिन्छ कि भेटिँदैन भन्ने जिज्ञासा हुन सक्छ । सामान्यतया कम्पनीको चार्जिङ एडप्टर वा केबल त्यसको ब्याट्री क्षमता अनुसारको हुन्छ । यदि ब्याट्री बढी एमएचको छ भने कम्पनीको चार्जर पनि त्यही क्षमताको बनाइएको हुन्छ । यदि केबल बिग्रियो भने बजारबाट राम्रो केबल नै किन्नु पर्ने हुन्छ । 

धेरै वाट मतलव धेरै छिटो चार्जिङ 

बिजुलीको सिधा सिद्धान्त के हो भने केबलमा जति छिटो इनर्जी ट्रान्सफर हुन्छ त्यति नै छिटो चार्ज हुन्छ । यसलाई ‘वाट’ एकाईमा नापिन्छ । मोबाइलको एडप्टर कति वाटको हो त्यो एडप्टरमा लेखिएको हुन्छ । त्यसैले एडप्टर जति वाटको हो त्यही अनुसारको केबल किन्नु जरुरी हुन्छ ।

लामो भन्दा छोटो केबल ठिक



केबलको लम्बाईमा पनि त्यसको क्षेमता लुकेको हुन्छ । लामो केबल प्रयोग गर्दा बाटोमा नै इनर्जी नस्ट हुन सक्छ । त्यसैले चार्जर छान्दा छोटो छान्नु राम्रो हुन्छ । 

कपरको केबल किन्नु राम्रो 



बजारमा १०० रुपैयाँदेखिका केबलहरू किन्न पाइन्छन् । किन्नेले पनि सस्तो नै किन्छन् । तर त्यसो गर्नु राम्रो हुँदैन । केबल छान्दा सस्तो भन्दा त्यसमा कपरको प्रयोग भएको छ कि छैन त्यो हेर्नु जरुरी हुन्छ । कपरमा करेन्ट एल्मोनियम वा अन्य धातुमा भन्दा छिटो प्रसारण हुन्छ ।

डाटा ट्रान्सफर स्पिड 

हामीले प्रयोग गर्ने चार्जर चार्ज गर्न मात्रै नभएर त्यसबाट डाटा ट्रान्सफर पनि गरिन्छ । त्यसैले केबल किन्नुअघि त्यो क्षमता पनि चेक गर्नु जरुरी हुन्छ । सामान्यतया स्मार्ट फोनमा ४८० एमबिपीएस वा त्यो भन्दा बढी क्षमताको चार्जर प्रयोग गर्नु ठिक हुन्छ ।

  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार ३:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया