यी सात टिप्स अपनाउनुहोस्, समस्यालाई जितेर सफल हुनुहाेस्

एजेन्सी— जीवनमा कुनै न कुनै समय जो कसैलाई पनि समस्याहरुको सामना गर्नु पर्ने हुन्छ । केही व्यक्तिहरु त यस्ता समस्यामा अल्झिएर जीवनका महत्वपूर्ण पलहरुलाई पनि बिर्सन्छन् । तर, केही व्यक्तिहरु हुन्छन् जो जस्तोसुकै दुःखमा वा समस्यामा पनि आत्तिँदैनन् र समस्यालाई सामना गरेर अगाडि बढ्न चाहन्छन् । उनीहरुसँग त दुःख पनि लड्दालड्दै हार्छ र उनीहरु सफल भएर निस्कन्छन् ।

तर, सफलता सधैं सहज हुँदैन । सफलता पनि त्यस्ता मानिसहरुका लागि चुनौति हो जो हारेर वा थाकेर बस्दैनन् । तपाईं पनि यदि जीवनमा सबै मुश्किलहरुलाई हराएर विजय प्राप्त गर्न चाहनुहुन्छ भने यी सात टिप्स तपाईंलाई फलदायी हुनसक्छन्ः

१ मानिसहरु तपाईंबारे के सोच्छन् भन्नेबारे सोच्न छोड्नुहोस् । यो तपाईंको काम होइन । तपाईं आफ्नो काम गर्नुहोस्, तपाईंबारे सोच्ने उनीहरुको काम हो भने उनीहरुलाई उनीहरुकै काम गर्न दिनुहोस् । 

२ आफ्नो जीवनको तुलना दोस्रो व्यक्तिसँग कहिल्यै नगर्नुहोस् । कसैको बारे पनि पूरै सत्य कुरा थाहा नभएसम्म कुनै विचार नबनाउनुहोस् । तपाईंलाई थाहा पनि नहुन सक्छ कि उनीहरुले जीवनमा के के समस्या पार गरेर आएका हुनसक्छन् ।

३ जीवन, सफलता तथा करिअरसँग जोडिएका सबै प्रश्नहरुको जवाफ थाहा नै हुनपर्छ भन्ने छैन । यस्ता प्रश्नहरुको जवाफ त्यति बेला मिल्छ जब तपाईं आफ्नो यात्रामा निरन्तर अगाडि चलिरहनु भएको छ र तपाईंलाई थाहा पनि छैन कि कहिले के हुने छ ।

४ मुस्कुराउनु जीवनको सबैभन्दा ठूलो धरोहर हो । विश्वका सबै समस्या आफूसँग छैन भन्ने सोच्नुहोस् र मुस्कुराउनुहोस् ।



५ आफ्नो खुसीका लागि तपाईं आफैं जिम्मेवार हुनुहुन्छ । त्यसलाई कसरी आफूसँग राखिरहने भन्ने कुरा तपाईंमा नै निर्भर हुन्छ । कसैले पनि तपाईंका खुसी साट्न र उत्सव मनाउन तपाईंसम्म आउने कष्ट गर्दैन ।

६ एउटा भनाइ छ, समय नै सबै कुराको मल्हम हो । जीवनमा आएका जस्तासुकै समस्या पनि केही समयमा समाधान हुन्छन् । हामीले त केवल समय दिनु मात्र पर्छ ।



७ बितेका गल्तीहरुबाट पाठ सिक्नु जरुरी छ, तर त्यसैमा डुबेर एकोहोरो हुनु ठिक हुँदैन । आजलाई समस्यामा पार्ने त्यो बितेको घटना सम्झेर नबस्नुहोस्, यही नै तपाईंको सफलताको लागि सबैभन्दा ठूलो बाटो हो ।

  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार ३:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया