१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

‘माछा खोलीमा’ बाल गीत सार्वजनिक

बालबालिकाका मनोरञ्जन र सिर्जनात्मक विकासलाई निरन्तर साथ दिँदै आएको अनलाइन बाल संसार डटकमको तेस्रो बाल गीत ‘माछा खोलीमा’ सार्वजनिक भएको छ । बालबालिकाको स्वाद र चासो अनुरूप तयार पारिएको यो गीतले श्रोतामाझ नयाँ उमङ्ग र उत्साह ल्याउने विश्वास गरिएको छ । गीतमा स्वर दिएका छन्,बाल गायक अभय दुवाडीले, जसको मिठासपूर्ण स्वरले गीतलाई जीवन्त बनाएको छ । मीठो लय र सरल शब्दले सजिएको यो गीतको संगीत संयोजन रमेश सुवेदीले गरेका हुन् ।


सुवेदीको संगीतले गीतलाई बालबालिकाका लागि आकर्षक र सहज बनाउँदै श्रोताको कानमा आनन्द छर्ने खालको बनाएको छ । गीतको रचना ललिता दोषीले गरेकी हुन्,जसले बालबालिकाको जिज्ञासा, रमाइलोपन र प्रकृतिप्रतिको नजिकपनलाई सरल भाषामा उतारेकी छिन् ।



‘माछा खोलीमा’ शीर्षक नै गीतको कथा बताउने खालको छ, जसमा खोली, माछा, पानी र खेलकुदलाई जोड्दै बालबालिकालाई प्रकृतिसँग घुलमिल हुने प्रेरणा दिन खोजिएको छ । गीतको रेकर्डिङ सारेगम म्युजिक सेन्टर रेकर्डिङ स्टुडियो भक्तपुरमा गरिएको हो । प्राविधिक गुणस्तर, स्पष्ट ध्वनि तथा आकर्षक संगीत संयोजनले गीतलाई श्रोता मैत्री बनाएको छ ।

रचनाकार दोषीका अनुसार ‘माछा खोलीमा’ गीतले बालबालिकालाई गीतसङ्गीत मार्फत रमाइलो गर्ने अवसर दिनुका साथै उनीहरूको कल्पनाशक्ति र भाषिक विकासमा सहयोग पुर्याउनेछ ।



यस गीतलाई बाल संसारको वेबसाइट र विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न र हेर्न सकिनेछ । बालबालिकासँगै अभिभावकलाई पनि यो गीतले बाल संसारको विविधता र सिर्जनात्मकताको आनन्द लिन सघाउने अपेक्षा गरिएको छ ।



  • प्रकाशित मिति : २१ असार, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया