२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

फोक्सुण्डो ताल : पदयात्रा, प्रकृति र शान्तिको संगम

पहिल्यै भनिहालौँ- ठूलो जिल्ला डोल्पा यात्रा गर्दा अधिकांश ठाउँमा हिँड्नुपर्छ । उपल्लो डोल्पामा जानका लागि खोलाहरूको किनारामा काठले निर्माण भएका पुलहरूको सहायताले वारपार गर्दै यात्रा गर्नुपर्छ ।


डोल्पाको सदरमुकाम दुनैबाट सुलिगाडको किनारै किनार फोक्सुण्डो ताल पुगिन्छ । दुनैबाट फोक्सुण्डो तालसम्म हिँड्नका लागि घोडेटाे बाटो छ । करिब दुई दिन पैदल हिँडेपछि फोक्सुण्डो ताल पुगिन्छ ।



दुनैबाट फोक्सुण्डो तालसम्म पुग्दा लागेको थकान जब फोक्सुण्डो तालको किनारमा पुगिन्छ तब सबै पीडा खुशीमा बदलिन्छ । चौँरीहरू तालको छेउछाउमा रहेको घोडेटो बाटोमा हिँडिरहेका भेटिन्छन् ।

जंगली जनावरसमेत बाटोमा भेटिन्छन् । वरिपरि हिमालबीचमा नीलो आकारको फोक्सो जस्तो आकाशमा ताल रहेको छ । दिनमा दिन पटक रंग बदल्ने फोक्सुण्डो ताल भेरी नदीको पानीको स्रोत समेत रहेको छ । शे-फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जसमेत यहीभित्र पर्दछ ।



यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू-धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे मुनाललगायत दुई सय प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरीसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।

काञ्जिरोवा दक्षिण,सिकाल्पो खाङ, वेज चुचुरोजस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ ।



११औँ शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।

  • प्रकाशित मिति : २१ असार, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया