भोजपुरमा एकै परिवारका ४ जनाको हत्या भएको छ ।
जिल्लाको रामप्रसाद राई गाउँपालिका–२ स्थित धोदलेखानी भन्ने ठाउँका एकै परिवारको चार जनाको हत्या भएको हो ।
हत्या हुनेहरुमा ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया मनिषा गिरी र १० वर्षीया सपन गिरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हत्यामा संलग्न राजेन्द्र राई हुन् । उनले ससुरा बेलबहादुर, सासु मञ्जु, श्रीमती मनिषा र सालो सालो सपनको हत्या गरेका हुन् । घटनापछि उनी समेत घाइते अवस्थामा फेला परेको र उनले आफूले नै हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ रहेको छ ।
घटनास्थलमा घाइते अवस्थामा फेला परेका राईलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगिएको छ ।
उनको समेत पेटमा धारिलो हतियारको चोट रहेको छ ।
उनी आफैँले घटना घटाएको भन्दै प्रहरीलाई खबर गरेका थिए । राईलाई पक्राउ गरेर प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।