वर्ष ०८१ को अन्त्य र ०८२ को सुरुवातमा नेपालमा राजावादी आन्दोलन गडगडायो । राजावादी आन्दोलन सम्झिँदा कालो दिनका रुपमा दर्ज भयो ०८१ चैत १५ ।
प्रजातन्त्र दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहबाट आएको कडा सन्देश, फागुन २५ गते विमानस्थलबाट निर्मल निवाससम्म भव्य स्वागत ।
सम्भवतः गणतन्त्र स्थापनापछि राजधानी काठमाडौं र देशभरि नै राजतन्त्रको बारेमा ठूलो आन्दोलन पहिलोपटक नै भयो । कित्ताकित्तामा विभाजित राजावदाीहरु हदसम्म एक ठाउँमा आए ।
राजा फर्काउने नाममै तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको जिम्मेवारी न राजावादी दलहरुले लिए, न त मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उक्साउने निर्मल निवासले नै लियो । तीनकुने घटनामा मुख्य दोषी उनै दुर्गा प्रसाईँलाई देखाएर उम्किएका राजावादी दल र तीनका नेताहरुले पुनः आन्दोलन गरे ।
संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा जेठ १५ गते काठमाडौंको शान्तिबाटिका र त्यसको भोलिपल्ट अर्थात् जेठ १६ गते माईतीघरमा संयुक्त रुपमा आन्दोलन भयो ।
संयुक्त जनआन्दोलन परिचालन समितिको संयोजक नवराज सुवेदीले लिङ्देन संसदमा रहेको भन्दै जानकारी गराए । तर उग्र कार्यकर्ताहरुले ‘संसद चाहिएको भए आन्दोलन किन गर्ने ?’ भन्दै कार्यक्रम नै बिथोले ।
दुवै दिन राजावादी समर्थकहरुको उल्लेख्य सहभागिता रह्यो । त्यसपछिका केही दिनहरु आन्दोलन भए, तर जनसहभागिता घट्दै गएपछि आन्दोलन कमजोर बन्दै गयो ।
जेठ २१ गते नवराज सुवेदीको नेतृत्वमा गठन भएको संयुक्त जनआन्दोलन परिचालन समितिले आगामी रणनीति तय गर्न बैठक बोलायो । पहिलो चरणको आन्दोलन सकिएको र दोस्रो चरणको आन्दोलनको रणनीति तय गर्ने उदेश्य बनाइएको थियो । विभिन्न ४४ संघसंगठनका व्यक्तिहरुलाई त्यहाँ बोलाइएको थियो । अन्य नेताहरु त्यहाँ पुगे पनि राजा समर्थक मुख्य दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन त्यहाँ थिएनन् । सुरुमा उपस्थित कार्यकर्ताहरुले ्र लिङ्देनको खोजी गरे । केहीबेर धैर्यता देखाएका उनीहरुले न राजेन्द्र लिङ्देन देखे, न आन्दोलनको रणनीतिबारे प्रचार सुने । त्यसपछि त्यहाँ उपस्थित एक समूह उग्र बन्दा बैठक नै बिथोलिन पुग्यो ।
संयुक्त जनआन्दोलन परिचालन समितिको संयोजक नवराज सुवेदीले लिङ्देन संसदमा रहेको भन्दै जानकारी गराए । तर उग्र कार्यकर्ताहरुले ‘संसद चाहिएको भए आन्दोलन किन गर्ने ?’ भन्दै कार्यक्रम नै बिथोले ।
त्यसपछि न राजावादीहरुको बैठक बस्यो, न आन्दोलन नै अघि बढ्यो । खेतीपातीको सिजन सुरु भएको भन्दै अहिले आन्दोलन स्थगित गरिएको छ । आन्दोलन अघि बढ्न नसक्नुमा राजावादीहरुको फु्टलाई समेत देखाइएको छ ।
जेठ १५ गते गणतन्त्र दिवसकै दिन पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजगद्धीमा बसाल्ने भन्दै राजवादीहरुले आन्दोलन चर्काए । सो दिन उल्लेख्य सहभागिता देखेर डराएको सरकारले ठाउँठाउँमा निषेधाज्ञा नै जारी गर्यो ।
आन्दोलनको राप र ताप बढेपछि हौसिएका राजवादीहरु नेतृत्वले आन्दोलनलाई अघि बढाउने संकेत नगरेपछि अहिले निराश जस्ता देखिएका छन् । केही समय राजावादी बहस चोकदेखि चौतारो र चियापसलहरुमा भयो । तर फागुन २५, चैत १५ हुँदै असार १५ सम्म पुग्दा राजावादी आन्दोलन ‘हात्ती आयो–हात्ती आयो फुस्सा’ बन्यो भन्दै टिप्पणी हुन थालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।