२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

समितिमा सांसदहरू कड्किए, शिक्षा विधेयक कहाँ अड्कियो ?

प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । समिति सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् ।


उनले भने, ‘पाँच दिनभित्र सहमति जुटाएर पहिले मलाई दिनुपर्‍यो । आएर सिधै पेपर पठाउनु भएन । सचिवालयले त्यसलाई एग्रि गर्नुपर्‍यो । अनि म प्रस्तावको रूपमा यहाँ पेस गर्छु । त्यस कारण मैले पाँच दिनको समय छुट्याएको हुँ । सरकारलाई पाँच दिनसम्मको समय भयो । समयभित्र सहमति जुटाएर अर्को एजेण्डा ल्याउनुभन्दा पनि यसैमा सहमति जुटाएर अनुरोध गर्दै सरकारलाई बैठक अबको ६ दिनपछि बस्ने गरी पाँच दिनको समय दिएका छौँ । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने अवसर दिएका हौँ ।’



आइतबारको बैठकको सुरुमै शिक्षामन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय दिन आग्रह गरेका थिए । तर, समितिका सदस्यहरूले आक्रोश पोखे । उनीहरूले सरकारलाई पटक पटक समय दिन नहुने बताएका थिए ।

सबै सदस्यले धारणा राखिसकेपछि समितिका सभापति थापाले मन्त्रीलाई अब पाँच दिनभित्र सहमति जुटाउन भनेका हुन् । मन्त्री पन्तले सीमा नतोक्न आग्रह गरे पनि सभापति थापाले मानेनन् ।





  • प्रकाशित मिति : २२ असार, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया