विद्यार्थीकाे हात भाँच्ने शिक्षिका प्रहरी नियन्त्रणमा

राेल्पा– पाँच जना छात्राको हात भाँचिने गरी कुटपिट गरेकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले साेमबार पक्राउ गरेको छ।

विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

विद्यालय ढिलाे आएकाे भन्दै विद्यार्थीलाई अनुशासनमा राख्न आफूले कारबाही गरेकाे उनकाे भनाइ छ । 

उनले १४ विद्यार्थीलाई कुटपिट गरेकोमा पाँच जनाको हात भाँचिएको छ। उनको कुटाइबाट विमला रोका, भिमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती र शान्ता नेपालीको हात भाँचिएको हाे ।

शिक्षिकाकाे कुटाइले हात भाँचिएपछि उनीहरूकाे तुलसीपुरस्थित साहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ । 

उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाहरूको जोर्नी, नाडी, कुइनो र काँधमा  चोटपटक लागेको छ।  उनीहरूको हात तथा अनुहार समेत सुन्निएको छ।



सबैलाई १५ दिनपछि फेरि फलोअप चेकअपका लागि बाेलाइएकाे डा.शर्माले बताए। 

पुनले कक्षा १ मादेखि ८ सम्म पढ्ने विद्यार्थीलाई कुटेकी हुन्। कक्षा १ मा अध्ययनरत प्रेम पुन, सन्तोष बुढामगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला बिक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्तीलगायतमाथि शिक्षिका पुनले कुटपिट गरेकी थिइन्। 



  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार ८:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया