सिरियामा कार बम विस्फाेट हुँदा १९ काे मृत्यु

सिरिया – सिरियाको उत्तरपश्चिमी सहरमा भएको कार बम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ । 

आजाजमा भएको विस्फोटमा परी चार बालबालिकाको पनि मृत्यु भएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ। आक्रमणमा परी २० जनाभन्दा बढी घाइते भएकाे बताइएकाे छ । 

इस्लाम धर्मावलम्बीहरु साँझको प्रार्थनाबाट बाहिरिँदै गरेकाे अवस्थामा विस्फाेट भएकाे उक्त मानव अधिकारवादी समूहका प्रमुख रमी अब्दुल रहमानले बताएका छन्। मृत्यु हुनेमा आउँदै गरेको इद–उल–फितरको बिदाका अवसरमा बजारमा किनमेल गर्न गएका व्यक्ति पनि रहेको बताइएको छ।





  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार ८:३६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया