नेपाली महिला फुटबल टिम उज्बेकिस्तानमा एएफसी एसियन कप छनोट खेलेर स्वदेश फर्किएको छ । शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि नेपाली टिम सोमबार स्वदेश फर्किएको हो ।
स्वदेश पुगेलगत्तै प्रतिक्रिया दिँदै कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले माथिल्लो तहको टिमसँग खेलेको हिसाबमा समग्र नतिजा हेर्दा खेल सकारात्मक नै भएको बताइन् । उनले खेलमा नेपाली टालीको प्रदर्शन देखेर सबैले सकारात्मक प्रतिक्रिया दिएकाले आफूहरू प्रोत्साहित भएको पनि बताइन् ।
२६ वर्षपछि एसियन कपमा पुग्ने लक्ष्यसहित उज्बेकिस्तान उडेको नेपाली टिम निर्णायक खेलमा घरेलु टोलीसँग पराजित हुन पुगेको थियो । योसँगै नेपालको एसियन कप यात्रा समाप्त भयो ।
यद्यपि समूह चरणमा भने नेपालले सानदार प्रदर्शन गर्यो । ग्रुप स्टेजमा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।