नन्दादेवी हिमालमा हराइरहेका ८ जनाकै मृत्यु, ५ काे शव देखियाे

दिल्ली– भारतकाे उत्तराखण्ड राज्यमा पर्ने नन्दादेवी हिमाल आराेहणमा गएका ८ पर्वताराेहीकाे मृत्यु भएकाे छ । साेमबार हिमाल क्षेत्रमा ५ जनाकाे शव देखिएकाे अधिकारीहरुले जनाएका छन् । 

हिमाल चढ्न जाने १२ सदस्यीय दलमध्ये ८ जनाले १३ मेमा नन्दादेवी आराेहणकाे सुरुवात गरेका थिए । आराेहणमा गएकाे टाेली २६ मेमा फर्किनुपर्ने थियाे तर उनीहरु ३१ मेसम्म पनि कुनै सम्पर्कमा नआएपछि खाेजी कार्य सुरु गरिएकाे थियाे । 

जुन २ मा यही टाेलीका ४ ब्रिटिश पर्वताराेहीकाे उद्दार गरिएकाे थियाे । तर हराइरहेका पर्वताराेहीमा ४ जना बेलायती, २ अमेरिकी, एक-एक अस्ट्रेलियाली र एक भारतीय नागरिक थिए । 

रिपाेटर्सका अनुसार उद्दार गरिएका ४ जनामध्ये एक बेलायती पर्वताराेही साेमबार भारतीय वायुसेनाकाे हेलिकप्टरमा वेपत्ता भएका आराेहीकाे खाेजीका लागि गएका थिए । उनले क्याम्प लगाएकाे ठाउँकाे तस्बिर खिचे, जसमा ५ आराेहीकाे शव देखिएकाे थियाे । 

हिमाल आराेहणमा जाने टाेलीकाे नेतृत्व ब्रिटिश पर्वताराेही मार्टिन माेरानले गरेका थिए । उनी यसभन्दा अगाडि दुईपटक याे हिमाल चढिसकेका थिए । 

हिमपातका कारण उनीहरुकाे मृत्यु भएकाे हुन सक्ने बताइएकाे छ । 






  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार १०:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया