२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

त्रिशुली नदीमा भीषण बाढी : बगायो मितेरी पुल, सतर्कता अपनाउन आग्रह

छिमेकी देश चीनमा अविरल वर्षाका कारण नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पुर्याएको छ । 


अत्यधिक वर्षाका कारण ३ः१५ बजे रसुवाको गोसाईकुण्ड गा.पा रसुवागढीस्थित जोड्ने मितेरीपुल बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 



त्यस्तै टिमुरेस्थित भन्सार कार्यालयमा बाढी पस्दा कन्टेनर लगायतका सवारीसाधन समेत बगाएको छ ।  

ठूलो भौतिक क्षतिको अनुमान गरिए पनि हालसम्म कुनै मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ । साथै तल्लो तटीय क्षेत्रमा पर्ने नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 



त्यसो त त्रिशुली नदीमा आएको भीषण बाढीले खोला किनारमा रहेका संरचनाहरुमा क्षति पुर्याएको छ । बाढीले ठूलाडूला काठ, दाउरा, डोजर, कन्टेनर लगायतका सवारीसाधन समेत बगाएको छ । 

मितेरी पुल नै बगाउँदा अहिलेका लागि चीनसँगको सम्पर्क टुटेको जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 



  • प्रकाशित मिति : २४ असार, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया