२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

धादिङस्थित त्रिशुली नदीमा २ जनाको शव फेला

धादिङस्थित त्रिशुली नदीमा २ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ती दुई शव रसुवागढीबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । 


धादिङको गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशुली नदी किनारमा २ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले बताए । 



शवको प्रकृति हेर्दा दुवै पुरुषको रहेको अनुमान गरिएको छ । 

उत्तरी छिमेकी चीनमा परेको अविरल वर्षाका कारण रसुवागढीस्थित भोटेकोशी नदीमा बाढी आएको छ । उक्त बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । हालसम्म ३ प्रहरी, ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । 
 





  • प्रकाशित मिति : २४ असार, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया