बिस्कुटमा टुथपेस्ट मिसाएर खान दिने युट्युबरलाई १५ महिनाकाे जेल

एजेन्सी– एक यूट्यूबरले घरबारविहिन एक व्यक्तिलाई बिस्कुटमा क्रिमकाे ठाउँमा टुथपेस्ट राखेर खान दिएका थिए । ती व्यक्तिलाई अदालतले १५ महिनाकाे जेल सजाय सुनाएकाे छ । 

न्युयाेर्क टाइम्सका अनुसार स्पेनकाे युट्युबर क्यांगुहा रेनलाई पीडितकाे सम्मान र नैतिकतामा ठेस पुर्याएकाे भन्दै उक्त सजाय सुनाएकाे हाे । याे घटना सन् २०१७ काे हाे ।

अदालतले रेनलाई उनकाे युट्युब च्यानल बन्द गर्न र २०२४ सम्म कुनै भिडियाे पाेस्ट नगर्न आदेश दिएकाे छ । रेनले २० हजार युराे जरिवाना पीडितलाई बुझाउनुपर्ने छ । 

पीडित व्यक्तिकाे नाम जाेर्ज एल हाे । उनी बार्सिलाेनामा आउनुभन्दा अगाडि गाेठालाेकाे काम गर्थे । रेनले बिस्कुटमा टुथपेस्ट राखेर खान दिएकाे भिडियाे युट्युबमा राखेर २ हजार युराेसमेत कमाएका थिए । उक्त भिडियाेमा ती जाेर्ज एलले वान्ता गरेकाेसमेत देखिन्थ्याे । 

उनकाे याे भिडियाेकाे निकै आलाेचना भएकाे थियाे । आलाेचनापछि उनले उक्त भिडियाे डिलिट गरेका थिए । 

रेनले कमजाेर व्यक्तिसँग मजाक गरेकाे यस्ता घटना अरु पनि भएकाे अदालतले बताएकाे छ । 





  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार ११:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया