संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने मङ्गलबारको बैठक पनि बहिष्कार गरेका छन् ।
बैठक सुरु हुनासाथ दुवै दलका सांसद आफ्नो संक्षिप्त धारणा राख्दै संसदबाट बाहिरिएका छन् ।
बैठकमा रास्वपाकी सांसद सोविता गौतमले भिजिट भिसा प्रकरण पुनः उठाउँदै गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने माग दोहोर्याइन् ।
त्यस्तै, राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई (गीतेन्द्रबाबु राई) को खोजीका लागि सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले नै राईलाई संरक्षण गरिरहेको आरोपसमेत लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।